Friday, February 19, 2010

love

माग्यौ तिमीले केवल मिठो प्यार दिए मैले ।
छैन सुखि दुखि भएपनि संसार दिए मैले ।

दिलको राजा बनाई दिलभित्र सजाएपछि ,
म तिम्रो, तिमीमेरी पूरा अधिकार दिए मैले ।

मलाई पनि कहाँ छ र रीस राग अनि द्वेष,
ममतामयी यी नजरका प्रहार दिए मैले ।

दुई मुटु एक भए आहा ! सामिप्यतामा,
शिशिर हैन बषन्तकै बहार दिए मैले ।

म पनि त असक्षम नै छु हिरामोती दिन,
पर्खि बस एक चिम्टि सिन्दुर दिए मैले ।

त्रसित बसन्त

हाम्रो यात्रा वारिपारि हुनेछ ।
छुट्टाछट्टै घरबारी हुनेछ ।

तिमी ओढ्ने छौ घुम्टो पराईको,
म रुने छु मन भारी हुनेछ ।

कोही आउने छ मेरा आ“सु पुछ्न,
याद गर ऊ पनि नारी हुनेछ ।

थाक्ने छौ तिमी जीवन यात्रामा,
अनि बगैचामा सालघारी हुनेछ ।

तान्नु तान्नु चुट्यो भनी जान्नु,
कुन दिन हाम्रो मारामारी हुनेछ ।

TIMRO NAAM MA

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ

आउछौ तिमी फर्की अबस्य एक दिन यहाँ
एक मात्र आशा राखी आज सम्म जिएको हुँ

पागल भन्छन सानु तिमी बिना यहाँ मलाई
पागल भने पागल सही तेइसैले पिउन हौसिएको हुँ

साथ तिमी छैनउ प्रिया एउटा नशा चाइदो रैछ
तेइ नशाको तिर्खा मेटाउन अलिकती लिएको हुँ

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ !!!